arrow

डा.केसीको जीवन रक्षाको लागि राप्रपाका अध्यक्षत्रयको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
rpp-ekikaran.jpg

काठमाडौं । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर निर्णय गरेको छ । अध्यक्ष थापाले सत्याग्रहमा रहेका डा केसीको जीवन रक्षाको लागि उनले आम नागरिकका पक्षमा राखेका मागहरु पुरा गर्न अपिल गरेका छन् ।

अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै अध्यक्षत्रयले निर्वाचन आयोगलाई धन्यवाद दिएको जनाए। वैधानिकता पाएसँगै राप्रपा अब तिव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत उनले बताए । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले जनाए ।

आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत थापाले व्यक्त गरेका छन् ।    



लोकप्रिय समाचार
नयाँ