arrow

प्रधानमन्त्री ओलीका तीनै जना सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
surya-thapa.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । 

सल्लाहकार थापाका अनुसार उनीहरुका परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । 

उनले सामाजिक सञ्जालमा भनेका छन् – हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।



लोकप्रिय समाचार
नयाँ