काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ । सुनकाे मूल्य ९ सय रुपैयाँका दरले मूल्य बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँका दरले कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको थियो ।
शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।