arrow

रसुवागढी सीमामा मन्त्री ज्ञवाली

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
rasuwagadi1.jpg

रसुवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  दुई विद्युत्गृहको शुक्रबार स्थलगत  निरीक्षण गरेका छन्। रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले  स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे  एवं  रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको  अवलोकन गरेका हुन्।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको  अवलोकन गर्दै  उत्पादनका बारेमा  नेपाल सरकारका प्रवक्ताले जानकारी लिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

उनले यसै गरी गल्छी– रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने  स्याफ्रुबेँसी,  मैलुङ र   वेत्रावती खण्डमा पर्ने  मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको  राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि  नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीले बताए ।



लोकप्रिय समाचार
नयाँ