नेपालगन्ज। बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ बस्ने ८५ वर्षिय महिला हुन् ।
महिलालाई स्वास्थ्यमा समस्या आएपछि असोज २१ गते भेरी अस्पताल भर्ना गरिएपनि उनको स्वाव संकलन बिहिवार साँझ मात्रै गरिएको थियो।
उनको स्वाब संकलन गरेको केही घन्टामै बिहिवार राती ९ बजे नै मृत्यु भएको थियो।
मृत्युपछि उनको शुक्रबार बिहान मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
बाँकेमा यी महिलासंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३पुगेको छ।