arrow

चालीस जनामा संक्रमण, युनिलिभर एक हप्तादेखि बन्द

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
unilever.jpg.jpeg

वाग्मती । कोरोना भाइरस संक्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ  । 

ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९०  कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो कम्पनी  एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ । 

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनाको यही  असोज १४ गते कोरोना संक्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । 

 विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।



लोकप्रिय समाचार
नयाँ