arrow

वालेट मार्फत राजश्व तिर्दा बढीमा ३० रुपैयाँ लिन पाइने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजश्व तिर्दा बढीमा ३० रुपैयाँसम्म सुल्क लिन पाउने गरी सुल्क निर्धारण गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा सुल्क लिन पाउने गरी सुल्क निर्धारण गरेको हो ।

शुक्रबार जारी गरिएको निर्देशनमा नेपाल सरकार राजश्व व्यवस्थापनमा आबद्ध भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमार्फत गरिने राजश्व भुक्तानी सम्बन्धि कारोबार निसुल्क गर्न सक्ने, र बढीमा ३० रुपैयाँसम्म लिन पाउने उल्लेख गरिएको छ ।

निर्देशनमा उल्लेख गरिए अनुसार १ हजार रुपैयाँसम्म कारोबार रकम भएका निसुल्क गर्न सक्ने, सो भन्दा माथि ३ हजार रुपैयाँसम्म कारोबार रकम भएमा ५ रुपैयाँ लिन पाउने, ३ हजार भन्दा माथि १० हजारसम्मको कारोबारका लागि १० रुपैयाँ लिन पाउने र १० हजार भन्दा माथि ३० रुपैयाँ सुल्क लिन पाउने उललेख गरिएको छ । पछिल्लो समय कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पुस मसान्तसम्म निसुल्क भुक्तानी हुनुपर्ने र माघ १ गते देखि तोकिएको उक्त सुल्क लिन पाउने राष्ट्र बैंकले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
नयाँ