काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले शुक्रबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त सँख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको उक्त सँख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको सँख्या १ लाख नाघेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी गराएको छ ।
शुक्रबार गराइएको जानकारी अनुसार नेपालमा हालसम्म १ लाख ६ सय ७६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितको उक्त सँख्यामध्य ७३ हजार २३ जना निको भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । हाल २७ हजार ५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण मुलुकभर १० जनाको मृत्यु भएको छ । मृतकको उक्त सँख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल सँख्या ६ सय नाघेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।