arrow

किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष रहेका प्रसाईँको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
rambabu-prasain.jpg

झापा । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को संक्रमणबाट शुक्रबार निधन भएको छ ।काठमाडौंको ओम अस्पतालमा शुक्रबार अपराह्न १:३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको  हो । 

श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उन विसं  २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए । 

विसं  १९७८  माघ १५ गते जन्मनुभएका उन पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३  कात्तिक १६ गते मेलमिलापको नीति लिएर  कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसार्इँ निर्वासनबाट स्वदेश फर्किएका थिए ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा  कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा  स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भएका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उनले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे । 

उनका पत्नी,  तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् । कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए ।  उनको निधनमा कांग्रेसका प्रवक्ता  शर्माले शोक व्यक्त गर्दै ट्वीट गरेका छन्।

 ‘‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उन जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष थिए”,  कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘‘शान्ति मिलोस् उनको आत्मालाई स्वर्गमा ।’’



लोकप्रिय समाचार
नयाँ