काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । शुक्रबार ९ हजार भन्दा बढी सक्रिय संक्रमित घटेका छन् । अक्टोबर लागेपछि घट्न थालेको यो दर १० लाख २० बाट घटेर ८ लाखको आँकडामा पुगेको छ ।
शुक्रबारसम्म सक्रिय संक्रमित ८ लाख ८२ हजार ९९७ जना रहेका छन् । पछिल्ला दिन निरन्तर कोरोनामुक्त हुनेको संख्या बढेसँगै सक्रिय संक्रमित घट्दै गएका छन् । शुक्रबार ८२ हजार २९२ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म ५९ लाख ८५ हजार ५०५ जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ । शुक्रबार ७३ हजार २२० जना संक्रमित थपिएका छन् ।
शुक्रबार ९२९ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख ७ हजार ४५० जनाको ज्यान गइसकेको छ ।
विश्वमा भारत दोस्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा ७८ लाख ९४ हजार ३३८ जना संक्रमित रहेका छन् । २ लाख १८ हजार ६४२ जनाको ज्यान गइसकेको छ ।