arrow

सरिता गिरीको विवादास्पद अभिव्यक्ति, ' सरकारले नसकेको भए चीनसँगको सीमा सुरक्षा गर्न भारत बोलाइयोस '

१९५० को भारतसंगको मित्रता र शान्ति सहमतिको हवाला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
Sarita-Giri.jpg

काठमाडौं। तराई मधेश वृहत लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले हुम्लाको सीमा निरिक्षणका क्रममा ९ नम्बर सीमास्तम्भ नजीक पुगेका जनप्रतिनिधीहरु सहितको टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अश्रुग्याँस प्रहार गरेको घटनाप्रति बिरोध जनाएकी छन् । एक विज्ञप्ती निकाल्दै पूर्व सांसद समेत रहेकी गिरीले भनिन्, 'चिनियाँ सरकारको यस्तो आक्रमणकारी नीतिको घोर विरोध गर्दछौं।'  उक्त आक्रमणमा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएका छन् ।

नेपाल चीन सीमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बर को सीमास्तम्भ नजीक पुगे पछि चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोली माथि अश्रुग्याँस प्रहार गरेको मिडिया रिपोर्टहरुलाई उल्लेख गर्दै उनले बताएकी छिन्। गिरीले सो घटनाबारे सरकारले तुरुन्त जनतालाई आधिकारिक जानकारी गराउन माग गरेको छिन् ।

नेपाल सरकारले मुलुकको उत्तरी सीमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा सो घटनाले प्रष्ट हुँदै गईरहेको देखिएको जनाउँदै उनले छ । सगरमाथा माथि पनि चीनले आधिपत्य जमाउँदा सरकार मौनधारण गरेर बस्नु, हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको गिरीको दावी छ । वक्तव्यमा उनले विवादास्पद आग्रह पनि गरेकी छिन् । सीमा सुरक्षाको बारेमा विवादास्पद टिप्पणी गर्दै गिरीले भनेकी छन्, 'यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकी रहेको छैन भने सरकारले १९५० को भारतसंगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिई पनि सीमानाको सुरक्षा गर्न माग गर्दछु।' केहि महिना अघी संसदमा विवादास्पद टिप्पणी गरेकी गिरीलाई उनी संलग्न दलले संसद पदबाट उनलाई हटाएको थियो। 

गिरीले डाक्टर गोविन्द केसीको अनशनप्रति पूर्ण समर्थन जनाउँदै सरकारले विगतमा डा केसीसँग गरेका सम्पूर्ण सहमतिको पालना गर्दै डा. केसीको जीवन र सम्मानको रक्षा गर्न माग गरेक छिन्। 



लोकप्रिय समाचार
नयाँ