आचार्यको नेतृत्वमा कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
141
Shares
काठमाडौं । आज नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको नेतृत्वमा ११ सदस्यीय सुनसरी काठमाडौ सम्पर्क समिति चयन गरेको छ । आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुंजीलाल यादब, संजय खतिवडा रहेका छन् ।
भेलाका संयोजक सुरज श्रेष्ठले कांग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौं आएका सबैलाई समेट्न सहज सम्पर्क समिति आवश्यक भएको महशुस गरी गठन गरिएको बताए । आचार्य तरुण दलका नेता समेत हुन् ।