arrow

पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ असोज २४ शनिबार
yogesh-bhattrai-minsiter-tourisum.jpg

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिएका हुन्। गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि आज बिहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै  समस्या देखिएको छैन। उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।  मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताए।



लोकप्रिय समाचार
नयाँ