arrow

प्रोटोकल मिच्दै पीसीआर नगरेका यात्रु ल्यायो एसियानाले, उल्टै क्वारेन्टाइनमा नराखी छोड्न दबाब

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
asiana-airlines-corona.jpg

काठमाडौं। एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले नेपाल सरकारले हवाई यात्रुका लागि बनाइएको प्रोटोकल मिच्दै  पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनि सँगै लिएर आएको छ ।शनिबार कोरियाबाट चार्टड फ्लाइटमा आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बतायो । 

एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो । ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले भने, कोरियाबाट चार्टर्ड फ्लाइट आएपनि मान्छे नआएको बताए । ‘कोरियाबाट फ्लाइट आएको हो तर मेडिकलको सामान लिएर आएको कार्गाे फ्लाइट हो,’ उनले भने । 

तर कोनेले दिएको जानकारी भने झुटो देखिएको छ । विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जना पीसीआर नगरेको कारण नछोडिएको पुष्टि गरेको छ । एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो। 

सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए । ‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने । 



लोकप्रिय समाचार
नयाँ