arrow

आँखामा कोरोना भाइरस, आँशुमा पनि पाइयो 

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
eye-1.jpg

काठमाडौं । कोरोना भाइरस आँखामा देखिएको छ । चीनमा कोरोनाको एक नयाँ केस सामुन्ने आएको हो । ६४ वर्षीया एक महिला कोरोनाबाट निको भएको दुई महिनापछि पुनः संक्रमित भएकी हुन् । 

यसपटक उनको आँखामा भाइरस देखिएको हो । आँखा रातो हुँदा वा आँखा सुन्निँदा सतर्क हुनुपर्ने पनि विभिन्न अनुसन्धानले बताएका छन् । पाँच दिनसम्म लगातार सुख्खा खोकी र नौ दिनसम्म पखालाको लक्षण देखिएपछि उनलाई ३१ जनवरी २०२० मा अस्पतालमा भर्ना गरिएको थियो । 

छातीको सिटी स्क्यान गरेपछि फोक्सोमा असर देखियो । त्यसपछि उनको नाकबाट स्याम्पल लिइयो । तब जाँच गर्दा कोरोना पुष्टि भयो । त्यतिबेला आँखामा कुनै समस्या थिएन । 

१८ र २० फेब्रुअरीमा गरिएको जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । त्यसको ८ दिनपछि उनको दाहिने आँखामा दुख्न थाल्यो । २८ फेब्रुअरीसम्म बढी दुखाइ र देख्न पनि कम थालेपछि उनी पुनः अस्पताल गइन् । 

८ मार्चमा अस्पतालमा भर्ती भइन् । ग्लोकोमा आक्रमणबाट गुज्रिएकी ती महिलाको आँखाको दुखाई कम नभएपछि शल्यक्रिया गरियो । उनको दुई पटक शल्यक्रिया भयो १४ र १५ मार्चमा । 

१० अप्रिलमा पुनः शल्यक्रिया गरिएपछि आँखाको टिस्यू स्याम्पलमा कोरोनाको प्रोटिन मिलेको हो । 

जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार कोरोनाको बिरामीमा अक्युलर मेनिफेस्टेशनको मामला सामुन्ने आएको हो । 

उक्त मामलामा आँखा रातो हुने र सुन्निने हुन्छ । त्यस्तै अनुसन्धानअनुसार आँखाको माथिल्लो सतहमा मात्र नभई आँशुमा पनि कोरोना पाइएको छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
नयाँ