arrow

आइतबार बिहानै कोरोनाबाट बितिन् वृद्धा 

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
corona-killed-final.jpg

चितवन । जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । 

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आइतबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ