काठमाडौं । साताको पहिलो दिख आइतबार सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको छ । सुनको शुक्रबार कायम मूल्यमा आइतबार ८ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ रहेको छ । यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको थियो ।
आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ रहेको थियो ।