arrow

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएसँगै भारतीय राजदुत आइसोलेसनमा

मास्क नलगाएको र सामाजिक दुरी पालना नगरेकोमा मन्त्री भट्टराईको आलोचना 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २५ आइतबार
yogesh-indian-ambassdor-bin.jpg

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भए लगत्तै नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्रा सेल्फ आइसोलेसनमा गएका छन् । मन्त्री भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिए लगत्तै शुक्रवार मात्रै उनीसँग वैठक गरेका राजदुत क्वात्रा सेल्फ आइसोलेसनमा गएको भारतीय दुतावास निकट स्रोतले बतायो। क्न्ट्याक्ट ट्रेसिङमा परेका राजदुत क्वात्राले आफूलाई सेल्फ आइसोलेसनमा राखेको दुतावास निकट स्रोतले जनाएको हो।  

गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि शनिवार बिहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिएका थिए । मन्त्री भट्टराईले आफूलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या नदेखिएको बताएका छन्। उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले सो आग्रह गरेसँगै शुक्रवार उनलाई भेटेकाहरु सतर्क भएका छन्। 

शुक्रवार नै भट्टराईले भारतीय राजदुत क्वात्रासँग भेट गरेको ट्वीटरमा फोटो राख्दै जानकारी गराएका थिए। भट्टराईले राजदुत क्वात्रासँग सिंहदरवारस्थित पर्यटन मन्त्रालयमै भेट गरेका थिए । भेटमा द्विपक्षीय सम्बन्धसहित नेपाल र भारतबीचको हवाईमार्गको बारेमा पनि चर्चा भएको थियो। भट्टराईले सो भेटमा भैरहवा नेपालगञ्ज र महेन्द्नगरबाट नेपाल प्रवेश गर्न र नेपालबाट बाहिर निस्कन ति हवाई मार्गको बारेमा राजदुतलाई कुरा राखेका थिए । 

उनले सो जानकारी र तस्विर ट्वीटरमा राख्ने वित्तिकै सरकारले बनाएको कोरोना महामारीको प्रोटोकल अनुसार व्यवहार नगरेको पनि टिप्पणी भएको थियो। राजदुतसँग भेटमा मन्त्री भट्टराईले मास्क समेत लगाएका थिएनन् । मास्क समेत नलगाई सामाजिक दुरी समेत पालना नगरेकोमा उनको आलोचना समेत भएको थियो। 



लोकप्रिय समाचार
नयाँ