arrow

नेपाली कामदार निकाल्ने टाईगर प्यालेसबिरुद्ध श्रम अदालतमा मुद्धा दायर

logo
नारायण वली,
प्रकाशित २०७७ असोज २५ आइतबार
tiger-palace1.jpg

रुपन्देही । करार अवधि सकिएको एवं कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनले होटल व्यवसाय धरासायी वन्न पुगेको कारण देखाएर गत भदौ २४ गते एक ईमेल पठाएर पाँच तारे होटल टाईगर प्यालेस (टाईगर वान प्राली ) रुपन्देहीले निकालेका ३ सय ९३ जना कर्मचारीहरुले अन्ततः श्रम अदालतमा मुद्धा दायर गरेका छन् । 

कर्मचारीहरुको एक संयुक्त संर्घष समितिले टाईगर वान प्रालिको निर्णय बिरुद्ध धर्ना तथा प्रदर्शनसँगै प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराए पनि कुनै निकायबाट ध्यान नदिएपछि श्रम अदालत काठमाण्डौंमा मुद्धा दायर गरेका हुन् ।

अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानी रहेको सो टाईगर वान प्रालीले स्थानीयस्तरका नेपाली कर्मचारीलाई ईमेल मार्फत् करार अवधि सकिएको र कोरोना भाईरसका कारण आर्थिक क्षेत्र कमजोर वनेकाले कामवाट निकालिएको उल्लेख गर्दै ईमेल पत्र पठाएको थियो ।

टाईगर वान प्रालीले न्युनतम ११ हजार देखि १ लाख रुपैयाँ मासिक तलव लिनेलाई कामबाट निकाले पनि मासिक हङकङ्ग डलर १० लाख रुपैयाँ पारिश्रमिक लिने विदेशी कर्मचारीलाई कामबाट नलिकालेपछि स्थानीय स्वदेशी कर्मचारीहरुले त्यसको चर्काे विरोध गरेका थिए ।

हाम्राकुरासंग कुरा गर्दै, संयुक्त संर्षघ समितिका संयोजक चित्र भण्डारीले टाईगर वान प्रालीले कानुन विपरित कर्मचारीहरुलाई एकैपटक कामबाट निष्काशन गरेको तथा श्रम अडिट प्रतिवेदनमा उल्लेख गरिएका वुँदाहरुको अवव्याख्या गर्दै श्रम कानुनको खिल्ली उडाएको जिकिर गरे ।

श्रम कानुन अनुसार १ वर्ष काम गरेको अवधिलाई करार अवधि मान्ने स्पष्ट धारणा तय गरेको छ । त्यस्तै १ वर्षभन्दा माथिकोलाई करार भनेर कुनैपनि कम्पनीले कार्यरत कर्मचारीहरुलाई करार अवधि सकिएको भनी कामबाट निकाल्न नमिल्ने श्रमिक नेताहरुको मत छ । टाईगर वान प्रालीबाट निकालिएका कर्मचारीहरुले दायर गरेको मुद्धा हेरेका अखिल नेपाल ट्रेड युनियन महासंघका सचिवालय सदस्य अधिवक्ता युवराज लुईटेलले श्रम अडिट प्रतिवेदन विपरित २ वर्ष कार्यरत कर्मचारीलाई कामबाट निकालिनु कानुन विपरित भएको वताए । 

साथै उनले भने, श्रम अडिटमा नियमित रोजगारीमा रहेका श्रमिक संख्या भनेर उल्लेख गरेकाले कामबाट ईमेल मार्फत निकाल्न नपाईने दावी गरे ।


 



लोकप्रिय समाचार
नयाँ