arrow

मुलुकभरि २ हजार ७१ जनामा कोरोना पुष्टि, काठमाडाैंमा मात्रै १४ सय १६ जना संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २५ आइतबार
Dr_Jageshwar-Gautam-_brifing.JPG

काठमाडौं । आइतबार मुलुकभरि २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको पछिल्लो २४ घण्टाको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै १४ सय १६ जनासहीत मुलुकभरि २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको उक्त सँख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल सँख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेको छ । कुल संक्रमित मध्ये हाल ७५ हजार ८ सय ४ जना संक्रमणमुक्त भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल ३१ हजार ३ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
नयाँ