नेपालगञ्ज । सशस्त्र प्रहरी बाँकेले दशगजा नजिकबाट मोटरसाइकलसहित डेढ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरस्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले आइतबार दिउँसो १ बजे युपी ४० एम ४८६७ नम्बरको मोटरसाइकलसहित १ लाख ५५ हजार छ सय रुपैयाँ बराबरको कष्मेटिक सामान, चप्पल, कपडा र सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल विओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेको व्यक्ति मोटरसाइकल र सामान छोडेर भोगपछि ती सामग्री बरामद गरेर ल्याइएको सशस्त्र प्रहरी निरिक्षक बुढाले जानकारी दिए ।
बरामद गरिएका सामग्री आवयश्क कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको छ ।