arrow

कोरोनाका कारण नेपालमा एकैदिन २२ जनाको मृत्यु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २५ आइतबार
nepal-corona-first-death.gif

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको हो । मृतकको उक्त सँख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल सँख्या ६ सय ३६ जना पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको सँख्या निरन्तर बढ्दै गइरहेको छ । आइतबार काठमाडौं उपत्यकामा मात्रै १४ सय १६ जना संक्रमित फेला परेका छन् । आइतबार मुलुकभरि कुल २ हजार ७१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल नेपालमा कोरोना संक्रमितको कुल सँख्या १ लाख ७ हजार ७ सय ५५ जना पुगेको छ । कुल संक्रमित मध्ये ७५ हजार ८ सय ४ जना संक्रमणमुक्त भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय ३१ हजार ३ सय १५ जना कोरोनाका सक्रिय विरामी रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ