arrow

यस वर्ष दशैंमा नयाँ नोट वितरण नहुने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २५ आइतबार
naya_not.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । विगतका दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै कोभिड १९को संक्रमणबाट जोगिन यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने जानकारी गराएको हो । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थि रहेको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

बडा दशैंको संघारमा आइपुग्दा कोभिड १९को संक्रमण तिब्र रुपमा बढ्दै गइरहेकोले नयाँ नोट वितरण गर्दा हुन सक्ने भीडभाड नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगरिने सूचनामा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ