काठमाडौं । भारतले गत ९ अक्टोबरमा पहिलो स्वदेशी एन्टी रेडिएसन मिसाइल रुद्रमको सफल परीक्षण गरेको छ । यो मिसाइल इन्डियन एयर फोर्सका लागि बनाइएको हो । यो परीक्षण सुखोइ–३० एमकेआई जेटबाट ओडिसाको बालासोरस्थित इन्टिग्रेटेड टेष्ट रेन्जमा गरिएको हो ।
यो मिसाइललाई भारतीय परम्परा कायम राख्दै संस्कृत शब्द रुद्रम नाम दिइएको छ । किनकि यसमा एन्टी रेडिएसन मिसाइल पनि सामेल रहेको छ । यो शब्दको विशेष अर्थ छ । एक अर्थ दुःख भगाउने भन्ने हुन्छ ।
यो रुद्रम मिसाइल हवाई युद्धमा दुःख दिने दुस्मनको राडारलाई उडाउने क्षमता राख्छ । यसले राडार पत्ता लगाउने मात्र नभई एयर डिफेन्स सिष्टमका अन्य संचार सामग्रीहरु तथा रेडियो फ्रिक्वेन्सी स्रोतहरुलाई पनि पत्ता लगाएर निस्तेज पार्न सक्छ ।
रुद्रम एयर–टु–सर्फेस मिसाइल हो । जसलाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले बनाएको हो ।
यो ८ वर्ष लगाएर तयार गरिएको हो । रुद्रमले चीन र पाकिस्तानलाई कुनै चिन्तामा पार्न सक्छ कि भन्ने आशंका छ ।
तर चीनसँग यस्तो मिसाइल पहिलेदेखि नै रहेको छ । र पनि भारतलाई रुद्रमले थप मजबुद पार्न मद्धत गरेको छ । यसअघि डीआरडीओले पूर्वी लद्दाखमा चीनसँग चलिरहेको सैन्य संघर्षबीच केही टेष्टहरु भइसकेका छन् ।