arrow

पहिलो पटक अनलाइनबाट नेपाल–भारत फ्रेन्चाइज सम्मेलन

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
nepal-india-flag.jpeg

काठमाडौं । दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन अनलाइनमार्फत असोज ३० गतेदेखि हुने भएको छ । नेपाली र भारतीय ब्राण्ड तथा आगन्तुकहरुलाई एउटै मञ्चमा उपस्थित गराएर दुई देशबीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरु आकर्षित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो ।

कोरोना भाइरसको माहामारीका कारण अनलाइनबाट हुन लागेको नेपाल भारत फ्रेन्चाइज सम्मेलन, अवार्ड एण्ड समिट तीन दिनसम्म चल्ने छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइजको साझेदारीमा काठमाडौंस्थित भारतीय राजदूतावासले सम्मेलनको आयोजना गरेको हो ।

दुवै देशका प्रसिद्ध ब्राण्ड र अवलोकनकर्ताहरुलाई सम्मेलनमा एकै ठाउँमा ल्याएर सयभन्दा बढी ब्राण्डहरुले आफ्ना अवसर, उत्पादन एवं आइडियाहरु प्रदर्शनी गर्नेछन् ।

सम्मेलनको मूख्य फाइदा भने सहभागिहरुलाई समेत हुनेछ । सहभागीहरुले यहाँबाट महत्वपूर्ण अवसरहरु खोज्न पाउँनेछन् ।

दुई हजारभन्दा बढी लगानीकर्ताहरुले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतिपत्र लगायतमा व्यवसायिक अवसरहरु पाउन सक्नेछन् ।

गत, वर्ष पहिलोपटक काठमाठौंमा नेपाल भारत फ्रेन्चाइज एक्स्पो सम्मेलनको सफल  आयोजना गरिएको थियो । 

पहिलो सम्मेलन निकै सफल भएपछि अनलाइनबाटै भएपनि दोस्रो सम्मेलनको आयोजना गरिएको हो ।

गत वर्षको सम्मेलनमा नेपालका १० र भारतका ५० गरि ६० ब्राण्डको सहभागिता रहेको थियो । जसमार्फत दुई हजारभन्दा बढी लगानीकर्ताहरुले व्यवसायिक अवसर विस्तार गर्ने एवं लगानीको अवसर पाएका थिए ।

हाल नेपालमा थुप्रै भारतीय ब्राण्डहरुले बजार लिइसकेका छन् । त्यस्तै नेपालकै पनि धेरै ब्राण्डहरुलाई बजारमा स्थापित भइसकेका छन् ।
यी ब्राण्डहरुलाई थप अवसर प्रदान गर्नका लागि लगानीकर्ता र ब्राण्ड दुवैलाई फाइदा हुने किसिमले सम्मेलनको आयोजना गरिएको हो ।


 



लोकप्रिय समाचार
नयाँ