arrow

तीन महिला कर्मचारी संक्रमण भएपछि...

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
covid-test-corona.jpg

धरान । बराहक्षेत्र नगरपालिकामा  रहेको  प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

 तीन महिला कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण देखिएपछि  स्वास्थ्य केन्द्रको सेवा आइतबारदेखि बन्द गरिएको हो ।

शुक्रबार छ जनाको स्वाब सङ्कलन गरेर पिसीआर गरिएकामध्ये तीनजना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल गिरीले जानकारी दिए । 

अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको डा गिरीले जानकारी दिएका छन्। सो स्वास्थ्य केन्द्रबाट बराहक्षेत्र, उदयपुरका बेलका नगरपालिका, धनकुटाको शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाका केही क्षेत्रका जनताले सेवा लिँदै आएका थिए ।



लोकप्रिय समाचार
नयाँ