काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरी घाईते बनाई फरार रहेका दुई व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ । उपप्राध्यापक चलाउनेलाई असोज २० गते बिहान त्रिभुवन विश्वविध्यालयको परिसरमा सांघातिक हमला भएको थियो ।
प्रहरीले आक्रमणमा संलग्न गोलबजार नगरपालिका वडा न। ६ सिरहा बस्ने वर्ष २३ को रुपेश साहलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ । त्यसैगरि सिरहा गोल बजार नगरपालिका वडा न। ३ बस्ने वर्ष २४ को रविन कुमार लामालाई सिरहा गोलबजारबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।