धादिङ । कोरोना भाइरस संक्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ ।
निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको सोमबार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै धादिङका सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।