arrow

फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२०” सार्वजनिक

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
facts-nepal-2020.jpg

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०२० सोमबार सार्वजनिक गरेको छ । उक्त पुस्तकमा गत वर्षको विभिन्न क्षेत्रहरुको तथ्यांक संकलन गरि बनाइएको सूचनागत दृष्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएका फ्यक्ट्स रिसर्च एण्ड एनालाइटिक्सले जानकारी दिएको छ ।

उक्त पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो। यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्यांक र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको फ्याक्ट्स रिसर्च एण्ड एनालाइटिक्सको दावी छ ।

उक्त संस्करणको मूल्य ५ सय रुपैयाँ राखिएको छ । पुस्तक देशका प्रमुख पुस्तक पसलहरुमा उपलब्ध हुने जनाइएको छ। साथै अहिले कोरोनाको महामारीका कारण उत्पन्न परिस्थितिले गर्दा पाठकले यो पुस्तक अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्ने छन् ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्ने कार्य गर्दै आएको छ । तथ्यांकीय पारस्परिक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ