काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पुष्टि भएको संक्रमितको उक्त सँख्यासँगै नेपालमा कुल संक्रमितको सँख्या १ लाख ११ हजार ८ सय २ जना पुगेको छ ।
संक्रमितकाके कुल सँख्या मध्ये ७७ हजार ३ सय ७७ जना संक्रमणमुक्त भइसकेका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको सँख्या १४ सय ७३ जना रहेको छ ।
हाल ३३ हजार ८ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका काकरण मृत्यु हुनेको सँख्या ९ जना रहेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।