काठमाडौं । भारतमा कोरोना भाइरसबाट मुक्त हुनेहरु तीव्र रुपले बढिरहेका छन् । सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २४ हजार कोरोनाका सक्रिय संक्रमित घटेका छन् ।
नयाँ संक्रमित ५४ हजार २६५ जना थपिँदा संक्रमणमुक्त हुनेहरु ७८ हजार ३६५ जना रहेका छन् । अन्तर २४ हजार भन्दा बढी रहेको छ ।
भारतमा ७१ लाख ७३ हजार ५६५ जना संक्रमित पुगिसकेका छन् । त्यसैगरी कोरोनामुक्त हुनेहरुको संख्या ६२ लाख २४ हजार ७९२ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या घटेर ८ लाख ३७ हजार ७८४ रहेको छ ।
सोमबार मृतकको संख्या पनि घटेको छ । हालसम्म मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ ।