arrow

बालुवाटार जग्गा अतिक्रमणको देखासिकी रुपन्देहीमा, सार्वजनिक घोला अतिक्रमणमा 

logo
नारायण वली, 
प्रकाशित २०७७ असोज २७ मंगलबार
tilottoma-jagga-atikrman.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई धेरैले राम्रो काम गरेको, कानुनको पालना गर्दै काम गरेको लगायतका दृष्टिले बुझ्दै आएका छन् । तर यही नगरपालिकाले नगरकै वडा नं ११ मद्राहानीस्थित वडा कार्यालय बनाउन पुरातत्व विभागबाट त्यहाँ रहेको ऐतिहासिक पोखरीमा कुनै पनि भौतिक संरचना नबनाउ भनी पटक–पटक पत्र जारी गर्दा पनि बेवास्ता गर्दै वडा कार्यालय भवन निर्माण गरेको छ ।

जुन विषय सञ्चार माध्यममा समाचार प्रकाशन भएपनि त्यसको कुनै सुनुवाई भएन । उल्टै सो विषयमा तिलोत्तमा नगरपालिकाका बहालवाला नगरप्रमुख वासुदेव घिमिरेले ऐतिहासिक पोखरीमा भैंसी आहाल बस्ने भएकाले संरक्षणको लागि वडा भवन बनाएको एउटा कुतर्क गर्दै आएका छन् । जुन जवाफ औचित्यहिन रहेको यहाँका सरोकारवालाको भनाई छ ।

यसै क्रममा केन्द्रिय नेताले जसरी बालुवाटार जग्गा अतिक्रमण गरेको समाचार बाहिर आएपछि जिल्ला तहका नेता तथा कार्यकर्ताले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको रहस्य बाहिर आएको छ । तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित बुटवलका एक आशिष न्यौपाने, तिलोत्तमाका दुर्गाप्रसाद गैरे, छविकला भट्टराई लगायत सोही नगरपालिकाका वडा नं ६ का बहालवाला वडाध्यक्ष सुकदेव न्यौपाने लगायत अन्य व्यक्तिहरुको जग्गाको बीच भागमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय नापी विभाग अन्तर्गत नापी कार्यालय बुटवलबाट उपलब्ध गराईएको नक्सामा सो घोला सिधा रहेको स्पष्ट देखाईएको छ । तर स्थलगत रुपमा सो घोला अतिक्रमण भएको पाईएको छ ।

बहालवाला वडाध्यक्ष न्यौपानेको जग्गाको पश्चिम दिशामा रहेको आशिष न्यौपानेले उक्त विषय पटक पटक उठाउँदा पनि उनको आवाज कसैले पनि सुन्ने चेष्टा नराखेको पीडित आशिष न्यौपानेले बताएका छन् । 

उनले यो विषय नगरपालिकाको न्यायिक समितिमा पनि समस्या सुल्झाउन भन्दै एक निवेदन दिएको र छलफलका लागि यही असोज १३ गते टुलिप होटलमा नगरप्रमुख वासुदेव घिमिरे सहितको टोली बसेपनि न्यायिक समितिले कुनै चासो नदिएको र नगरप्रमुख घिमिरेले केही जवाफ नदिएको दावी गरे ।

जग्गाको भौतिक संरचना हेर्दा वडाअध्यक्ष सुकदेव न्यौपानेले उक्त नक्सामा उल्लेखित घोला मासेर धान खेती गरेको देखिन्छ । साथै उनीसंगै उनका अर्का सँधियारले पनि अतिक्रमण गरी वर्षौंदेखि खेतीपाती गर्दै आएको बताईएको छ ।

यसैबीच सो विषयमा वास्तविकता जान्न वडाध्यक्ष न्यौपानेलाई टेलिफोन सम्पर्क गर्दा आफुले जग्गा अतिक्रमण नगरेको दावी गर्दै नक्साको कुरा आफुलाई थाहा नभएको बताए । 

नक्सा अनुसार सार्वजनिक घोलालाई साविक गर्न किन नसकेको भन्ने जिज्ञासामा वडाध्यक्ष न्यौपानेले त्यसको ठोस जवाफ नदिई, पत्रकारलाई नै प्रतिप्रश्न गर्दै, मलाई थर्काउने भनी जंगिए ।

यता सो विषयलाई नजिकबाट बुझेका तिलोत्तमा नगरपालिकाका समाजसेवी रोमणि पाठकले सो क्षेत्रमा जग्गा विवाद विगतदेखि नै रहँदै आएको बताएका छन् । 

उनले हाम्राकुरासंगको कुराकानीमा केही व्यक्तिको बचाउ गर्ने क्रममा कुनैपनि व्यक्तिले नक्सामा भएको सार्वजनिक जग्गा अतिक्रमण गर्न पाईन्छ कि नाई, वडाध्यक्ष न्यौपानेले घोलामा धान रोपेको होकि होईन भन्ने प्रश्नमा समाजसेवी पाठकले नक्सा अनुसार घोला मासिएको जनाए । जृुन टेलिफोन सम्वादको अंश हाम्रा कुरासंग सुरक्षित छ ।

त्यस्तै, सोही विवादित क्षेत्रमा जग्गा भएका दुर्गा प्रसाद गैरेले सार्वजनिक घोला अतिक्रमण भएको बताएका छन् । उनले भने, ‘यस विषयमा नापी विभागबाट अमिन आएर छुट्टाए पनि ती किल्लाको निशाना अनुसार घोलालाई छुट्टाइएको छैन ।’

मिच्नेहरुले काठमडौंको बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेलले जग्गा अतिक्रमण गर्दा केही नहुने हामीलाई भने यहाँ पेल्न खोज्ने ? भनी प्रतिक्रिया दिने गरेको समेत पाइएको बताइन्छ । 

पौडेल पनि रुपन्देहीवासी नै हुन् । उनले रुपन्देहीबाटै प्रतिनिधिसभा जितेका हुन् । हाल आएर प्रदेश राजधानी बुटवलबाट दाङको भालुबाङ हुन दिनका लागि उनले अर्थमन्त्रीसँग साटेको भन्ने आरोप नेकपाकै नेताहरुले लगाइरहेका छन् । 



लोकप्रिय समाचार
नयाँ