काठमाडौं । अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनले कोरोना भाइरसको भ्याक्सिनको ट्रायल हाललाई रोकेको छ । कम्पनीले यो फैसला आफ्ना एक स्वास्थ्यकर्मी बिरामी भएका कारण लिएको जनाएको छ ।
जोनसन एन्ड जोनसनले ट्रायलमा सहभागी स्वास्थ्यकर्मीमा बिरामीका लक्षण देखिएको जनाएको छ । कम्पनीले हाल सबै किसिमका ट्रायल रोकिएको जनाएको छ । यसमा फेस थ्री ट्रायल पनि सामेल रहेको छ । अनुसन्धान भइरहेको समेत जनाइएको छ ।
यसअघि अक्सफोर्ड एस्ट्राजेनेकाले पनि गत महिना यही हालत हुँदा ट्रायल रोकेको थियो । हाल भने उसले आफ्नो ट्रायल पुनः थालेको छ ।