कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ घेराउजोतस्थित कोठी नदीमा एक युवक शव फेला परेको छ । नदीको बीच भागमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका १ खुनगाइका जोगि यादवका १८ वर्षीय छोरा दिपक यादव मृत अवस्थामा फेला परेका हुन् ।
मृतक युवक गत असोज १८ गतेबाट बेपत्ता भएका थिए । नौ दिनपछि मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र मृतकका बुवाले कपडाको आधारमा शव पहिचान गरेको प्रहरी उपरिक्षक धर्मराज भन्डारीले बताए ।
घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको छ । घटनाको थप अनुसन्धान भई रहेको भण्डारीले बताए ।