काठमाडौं । किशोर कुमार हिन्दी फिल्म उद्योगका यस्ता गायक हुन्, जो आफ्नो धुनका लागि पक्का मानिन्थे । आफ्नो गायन कलाबाट उनी अहिले पनि मानिसहरुको मनमा बस्न सफल भएका छन् । १३ अक्टुबर १९८१ मा किशोर कुमार संसारबाट बिदाइ भए।
कुनै समय यस्तो पनि थियो, उनलाई गीत गाउन पनि प्रतिबन्ध लगाइएको थियो । सन् १९७५ मा आपतकाल लागेको थियो । त्यतिबेला किशोर कुमार पनि प्रभावित बनेका थिए ।
समाचारमा बताइएअनुसार किशोर कुमार आफ्नो मनमा लागेको विषयमा कसैसँग पनि सम्झौता गर्दैनथे । शायद यसैकारण उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।
आपतकालको क्रममा कांग्रेस सरकारी योजनाको जानकारी किशोर कुमारले आफ्नो आवाजमा गीत गाएर दिऊन् भन्ने चाहन्थ्यो । त्यतिबेला इन्दिरा गान्धीको सरकारमा सूचना प्रसारण मन्त्री वीसी शुक्ला थिए ।
उनले किशोर कुमारलाई सरकारी योजनालाई आफ्नो गीतमार्फत् गाउन सन्देश पठाएका थिए । तर, किशोर कुमारले यो प्रस्ताव अस्वीकार गरे ।
सन्देश पठाउने मन्त्री वीसीलाई पनि किशोर कुमारले हप्काएर पठाएका थिए । यो कुरा कांग्रेसमा पुगेको थियो । यससँगै उनको गीत अल इन्डिया रेडियो र दूरदर्शनमा बजाउन प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध सन् १९७६ देखि लिएर आपतकाल सकिउञ्जेलसम्म जारी रहेको थियो ।
किशोरले आफूले कहिले पनि दोस्रो व्यक्तिको इच्छा वा हुकुमअनुसार गीत नगाउने बताएका थिए ।