arrow

उपत्यकामा एक्काइस सय उनन्तीसमा संक्रमण, अठार जनाको मृत्यु

तीन हजार ५५६ संक्रमित थपिए

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा एक्काइस सय उनन्तीस जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार  तीमध्ये ७८९ महिला र एक हजार ३४० जना पुरुष रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना संक्रमित थपिएका छन् । 

साथै देशभर संक्रमण  तीन हजार ५५६ जनालाई देखिएको छ । प्राडा  गौतमले  १५ हजार ५७७ जनाको पिसीआर परीक्षण गर्दा तीन हजार ५५६ जनामा संक्रमण देखिएको जानकारी दिए । तीमध्ये एक हजार २३३ महिला र दुई हजार ३२३ जना पुरुष रहेका छन् । 

मंगलबार देखिएका संक्रमितमध्ये प्रदेश नं. १ मा ३२३ जना, प्रदेश नं २ मा १२० जना, वागमती प्रदेशमा दुई हजार ३९३ जना, गण्डकी प्रदेशमा ७३ जना, लुम्बिनी प्रदेशमा ४०५ जना, कर्णाली प्रदेशमा १३२ जना र सुदूरपश्चिम प्रदेशमा ११० जना रहेका छन् ।  अहिलेसम्म १२ लाख सात हजार ९१ परीक्षण गरिएकामा एक लाख १५ हजार ३५८ जनामा संक्रमण देखिएको छ । 

उनका अनुसार विगत २४ घण्टामा एक हजार ५०३ जना संक्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ७८ हजार ७८० जनाको रोग निको भएको छ । नेपालमा निको हुने दर ६८.३ प्रतिशत रहेको छ । उनका अनुसार ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेका छन । 

यस्तै संस्थागत आइसोलेसन १५ हजार ४८ जना, होम आइसोलेसनमा २० हजार ८६७ जना र चार हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म सघन उपचार कक्ष (आइसियु)मा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । 

२४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।



लोकप्रिय समाचार
नयाँ