काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको उपस्थिती जनताको स्वास्थ्यको ख्याल गर्नेभन्दा पनि कोरोना संक्रमित र मृतकको अपडेटमा मात्र सीमित रहेको बताएका छन् । कोरोनाको उत्पति भएको देश चीनमा भन्दा पनि बढी संक्रमित भइसक्दा पनि सरकारले आम नागरिकको स्वास्थ्य सुरक्षामा चासो नदिएको उनले बताए ।
कांग्रेस नेता केसीले सरकार जनताको स्वास्थ्यको भन्दा पनि सत्ता राजनीतिको छिनाझप्टीमै रमाएको आरोप लगाए । सरकारले आम नागरिकलाई कोरोना महामारीबाट बचाउन कुनै योजना दिन नसकेको बरु हावादारी कुरालाई स्थापित गराउन तर्क गरेर बसेकव बताए। ' न भेन्टिलेटर,न आइसियु न जनशक्तिको व्यवस्थापन,लाचार र निरीह सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलो मै रुमल्लियो,अस्पताल मा बेड छैन, राज्य कार्यक्रम विहिन छ,' केसीले भने, ' तसर्थ अब जनस्तरबाटै सहमति निर्माण गर्दै बाँच्ने र बचाउने कार्यमा जुटौं।'