arrow

साठी वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
corona-killed-final.jpg

मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो । 

उनको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । 

उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।



लोकप्रिय समाचार
नयाँ