arrow

हुम्लामा सीमा विज्ञ पठाउँ – रामचन्द्र पौडेल

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
ramchandra-poudel-final.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा मिचिएको भनिएको हुम्लामा सीमा विज्ञ पठाउन आग्रह गरेका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान उनले ट्वीट गर्दै हुम्लामा सीमा विज्ञ पठाउन आग्रह गरेका हुन् । 

उनले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकारलाई जनतासित माफी माग्नसमेत आग्रह गरेका छन् । सांसद जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन  गर्न पनि माग गरेका छन् । 

यस्तो छ उनको ट्वीटर–

‘हुम्लामा सीमा विज्ञ पठाउँ !
स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी मागोस् र माननीय जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन  गरियोस् !’



लोकप्रिय समाचार
नयाँ