काठमाडौं । बलिउडमा अभिनेताका सन्तानको चर्चा निकै हुने गर्छ । त्यसमा पनि पठानको रवाफ बेग्लै हुन्छ । अभिनेता सेफ अली खानका छोरा तैमुरको भाउ पनि उत्तिकै हुने गर्छ ।
उनकी आमा अभिनेत्री करीना कपूरको भाउ पनि अझै छ । उनी हाल गर्भवती भएको चर्चा चल्ने गरेको छ । दोस्रो पटक आमा बन्दै गर्दा त्यसको इमोसन सामाजिक संजालमा सेयर गरिरहेको पनि पाइन्छ ।
करीना दिल्लीमा फिल्म लाल सिंह चड्डाको सुटिङमा व्यस्त छिन् । उनी परिवारसँग दिल्ली पुगेकी हुन् । उनले सुटिङमा मज्जा लिइरहेकी छिन् ।
उनले त्यहाँ तैमुरले के गरिरहेका छन् भन्नेबारे पनि सेयर गरेकी छिन् । उनी क्रिकेट खेलिरहेका छन् ।
करीनाले तैमुरको तस्वीर इन्स्टाग्राममा सेयर गरेकी हुन् । तैमुरले ठूलो ब्याट लिएर ब्याटिङ गरिरहेका छन् । उनलाई वरिपरि मानिसहरुले घेरिरहेका छन् ।
करीनाले तस्वीर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, –आईपीएलमा ठाउँ छ ? म पनि खेल्न सक्छु । हाहाहाहा ।
करीना ४५ दिनको सुटिङका लागि दिल्ली पुगेकी हुन् । फिल्ममा आमिर खान रहेका छन् ।