वडा अध्यक्षका प्रत्यासी सहित ४२ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश: राजीव शाहीले दिए पार्टी सदस्यता
दुई हप्तामै दुई पार्टी प्रवेशका कार्यक्रम
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २८ बुधबार
29
Shares
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा नेकपाको तर्फबाट वडा अध्यक्षका प्रत्यासी बलबहादुर विकसहित नेकपा र राप्रपाबाट ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा भेरी नगरपालिका ३, जाजरकोटमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाको तर्फबाट वडा अध्यक्षका प्रत्यासी बलबहादुर विकसहित नेकपा र राप्रपाका ४२ जना स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन । उक्त वडामा कांग्रेसका उम्मेदवार लीलाबहादुर शाहको प्यानल नै विजय भएको थियो ।
नवप्रवेशीलाई संविधानसभा सभासद एवं नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले पार्टी सदस्यता दिएर स्वागत गरे । विश्वभर फैलिएको कोभिड महामारिका बिच पनि नेता शाह गाउँ गाउँमा पार्टी संगठनको काममा सक्रिय छन् । जाजरकोटमा दुई सातामा कांग्रेस प्रवेशको यो दोस्रो कार्यक्रम हो ।