एजेन्सी । अमिताभ बच्चन बलिउडका सफल र दिग्गज अभिनेताहरूमा गनिन्छन। अमिताभको जन्म ११ अक्टुबर १९२४ मा भएको हो। गत आइतबार उनले आफ्नो ७८ औँ जन्मदिन मनाए । कुनै समय अमिताभ राजनीतिमा पनि थिए । अमिताभ बच्चन र गान्धी परिवार बिचको सम्बन्ध रहेको थियो । तर सन् १९९० पछि दुबै परिवारको सम्बन्धमा दरार आएको अन्तराष्ट्रिय संञ्चार माध्यमले बताउदै आएका छन् ।
यद्यपी अभिताभले गान्धी परिवारसँगको सम्बन्ध नसकिएको बताएका थिए । अमिताभले इलाहाबादका जनतासँग गरेको बाचा पुरा गर्न नसकेको र त्यो कुराको सधै अफसोच रहेको बताउदै आएका छन। उनका अनुसार , 'मैले राजनीतिको यात्रा कमै गरेको छु । मैले इलाहाबादका जनतासँग गरेको बाचा पुरा गर्न सकिन मलाई यस कुराको सधै अफसोच रहनेछ । जति मेरो क्षमता थियो , मैले बाचा पुरा गर्न भरपुर प्रयत्न गरे । तर मलाई थाहा छ इलाहाबादका जनताले मलाई कहिले माफि गर्ने छैनन् ।'
अमिताभले साथी तथा पूर्व भारतीय प्रधानमन्त्री राजीव गांधीको आग्रहमा सन् १९८४ मा इलाहाबादबाट लोकसभा चुनाव लडेका थिए । त्यस समय अमिताभले हेमवतीनन्दन बहुगुणालाई ठुलो मतान्तरले हराएका थिए । तर ३ बर्ष पछि उनले लोकसभाबाट राजीनामा दिए।
अमिताभ राजनीतिमा सोच बुझका साथ आएका थिए । अमिताभ भन्छन् , 'मलाई लाग्छ त्यो एक भावनात्मक निर्णय थियो । म त्यहाँ गएर राजीवलाई सहयोग गर्न चाहान्थे । तर पछि त्यो भावनाको राजनितिमा ठाउ नहुने महसुस गरे । मलाई लाग्यो म राजनीति गर्न लायक छैन , त्यसैले मैले राजनीति छोडे ।"
तत्कालीन संकटकालको समयमा अमिताभको संजय गान्धीको समर्थनमा लागेको भनेर धेरै आलोचना समेत भएको थियो । सञ्जय गान्धीको निधन पछि राजीव गान्धीले राजनीतिमा पाईला राखे । त्यसपछि १९८२मा बच्चनले दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा एशियन गेम्सको उद्घाटन कार्यक्रममा भेटेका थिए । त्यस कार्यक्रममा राजीव अघिल्लो लाईनमा बसेका थिए भने बच्चन कार्यक्रमका सञ्चालक थिए ।
बोफोर्स घोटालेमा अमिताभमाथि समेत विचौलियाको आरोप लगाईएको थियो । यसपछि अमिताभले इलाहाबादबाट सांसद पदबाट समेत राजीनामा दिएका थिए । त्यतिबेला नै उनले राजनीतिबाट सन्यास लिएको घोषणा समेत गरेका थिए । उनले राजीनामाले काँग्रेसलाई भने घाटा भयो । १९८७ मा भएको उपचुनावमा हार बेहेर्नुपरेको थियो ।
जब सोनिया गांधी इटलीबाट विहे गर्नको लागि भारत आईन् त्यतिबेला उनी पहिलो पटक बच्चा परिवारको घरमा नै बसेकी थिईन् । दुबै परिवारको सम्बन्ध धेरै राम्रो थियो । राहुल तथा प्रियंका, अमिताभलाई ‘मामू’ भनेर बोलाउँछन् ।
राजनीति छोडे पछि पनि दुई परिवारको सम्बन्ध राम्रै रहेको अमिताभलाई लाग्छ । अमिताभले भन्छन् , " मलाई लाग्दैन कि राजनीतिबाट म बाहिर आएको असर हाम्रो मित्रतामा पर्यो । हाम्रो मित्रता खत्म भएको छैन ।' अमिताभका अनुसार , " म कलाकार हु । दर्शक मलाई माया गर्छन् । मलाई त्यस बापत केहि दिनु छ । जब म राजनीतिमा हुन्छु तब त्यहा जनतालाई माया लगायत अन्य पनि दिनुपर्ने हुन्छ ।"