arrow

एकै परिवारका तीन जनाको कोरोनाबाट मृत्यु

बुबासहित स्यहारसुसारमा खटिएका दुई छोरा

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
Dead_Body.jpg.jpeg

तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौँ लगियो । उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
नयाँ