बाँसघारीमा भेटियो अभिषेकको शव, टाउको र अनुहारमा चोट
प्रकाशित २०७७ असोज २८ बुधबार
47
Shares
कनकाई । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो ।
उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए ।