सिजी ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार
प्रकाशित २०७७ असोज २८ बुधबार
26
Shares
काठमाडौं। सीजीले आफ्ना ईलेक्ट्रोनिक्स ब्राण्डमा दशैं तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ। सीजीले आफ्नो आधिकारीक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङ गरी इलेक्ट्रोनिक्स खरिद गरेमा बम्परमा भाग्यशाली ३ जना विजेतालाई सिजीको माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर उपहार दिने सीजीले सार्वजनिक गरेको हो। उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टिभी खरिदमा ३० प्रतिशत सम्मको नगद छुट र सो भन्दा माथि टिभीको खरिदमा नगद छुट साथै सिजीकै अकर्षक स्पिकर प्राप्त गर्न सक्ने सीजी इलेक्ट्रोसनक्सले जनाएको छ।
त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट दिइने सीजीले जानकारी दिएको छ। डलबडोर रेफ्रीजेरेटरमा सिजीको प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनेछन्।
यसपालि सि.जी.ले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ। एसिमा भने निशुल्क जडानको व्यवस्था रहेको छ।