arrow

मन्त्रिपरिषद्‍मा हेरफेर : विष्णु पौडेल, कृष्णगोपाल र लीलानाथ श्रेष्ठ थपिए

१२ औं पटक मन्त्रिपरिषद पुर्नगठन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २८ बुधबार
corona-cabinet.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा हेरफेर तथा पुनर्गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गरेकी हुन् । मन्त्रिपरिषदको यषो १२औं विस्तार हो ।

राष्ट्रपतिको कार्यालयले बुधबार विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिएका छन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री  ईश्वर पोखरेललाई  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् । विष्णुप्रसाद, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी भएका छन्। अन्य मन्त्री र उनीहरुको कार्यभार यथावतै छ ।

मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ