arrow

म्याद गुज्रिएको खाद्यान्न रिलेवलिङ्ग गरेर बिक्री गर्ने प्रवीण कुमार वंकालाई डा बाबुरामको संरक्षण

वंका अहिले पनि फरार

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ असोज २८ बुधबार
baburam-hisila-banka-family.jpg

वीरगंज। जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई म्याद गुज्रिएको खाद्यान्न वस्तु रिलेवलिङ्ग गरेर बिक्री गर्ने प्रवीण कुमार वंकाको संरक्षक रहेको पोल खुलेको छ । केही दिन अगाडी डा. बाबुराम भट्टराईले बुढी गण्डकी जलविद्युत आयोजनामा नेकपा र कांग्रेसका पूर्वप्रधानमन्त्रीहरुले रु. ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफुसँग रहेको बताएर चर्चामा आएकै बेला डा. भट्टराई म्याद गुज्रिएको खाद्यान्न वस्तु रिलेवलिङ्ग गरेर बिक्री गर्ने प्रवीण कुमार वंकाको संरक्षक रहेको पोल खुलेको हो । 

वैश्विक महामारी कोरोना फैलिएर जनजीवन आक्रान्त भएको बखत जनताको जनजीवनसँग खेलवाड गरी पैसा कमाउने मात्र उद्देश्य भएका वंकालाई संरक्षण गरी रहेको आरोप भट्टराईलाई लागेको हो । भारत बिहार दलसिंह सराय स्थाई घर भएका प्रवीण कुमार वंकाले लगभग ४ करोड मुल्य बराबरको २०७ प्रकारको म्याद गुज्रिएको खाद्यान्न सामग्रीको पुनः नयाँ मिति राखेर बजार पठाउने तयारी गरेको बेला असोज १८ गते महानगरीय प्रहरी वृत्त कालीमाटीले कलंकीस्थित एक घरमा छापामारी गरेर बरामद गरेको थियो । ए.एस.टी. प्रा.लिको नाउँमा गरिएको सो गोरख धन्धाको मुख्य नाइके प्रवीण कुमार वंका भएतापनि प्रहरीले प्रवीणका दाजु अनिल कुमार वंका र ६ जना नेपाली नागरिकसहित दुईवटा गाडी बरामद गरेको थियो । प्रवीणले नेपाली नागरिकता हासिल गरेको भएतापनि उनका दाजु अनिल कुमार वंका भारतीय नागरिक हुन् ।

कालीमाटी प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक अपिलराज बोहरा र वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मुद्धा कमजोर बनाएकोले सातै जना तारेखमा रिहा भएतापनि प्रवीण कुमार वंका हालसम्म फरार रहेका छन् । म्याद गुज्रिएको यस्तै खाद्यान्न सामग्रीको घटनामा विशाल ग्रुपले संचालन गरेको आयान डिष्ट्रिब्युटर्सको गोदाममा प्रहरीले छापामारी गरेर तीन करोडको खाद्यान्न सामग्री बरामद गरेको थियो । यस घटनामा अन्य व्यक्तिहरु रिहा भएतापनि रौनक बोथरा भारतीय नागरिक भएकोले रिहा हुन सकेनन् ।

एउटै प्रकृतिको दुई वटा घटनामा प्रहरी र वाणिज्य विभागले मोलाहिजा गरेको छ । रौनक बोथरालाई थुनेको छ भने ए.एस.टी. का संचालक प्रवीण वंकाका दाजु अनिल वंकालाई तारेखमा रिहा गरेकोले डा. बाबुराम भट्टराईकै आर्शिवादले यो सम्भव भएको चर्चा बजारमा व्याप्त छ । डा. भट्टराईसँग वंका गिरोहको सम्पर्क अर्थमन्त्री हुँदा नै भएको र दुवै परिवार बीच घर आउने जाने साथै अन्तरङ्ग सम्बन्ध रहेको बताइन्छ ।



लोकप्रिय समाचार
नयाँ