arrow

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा ७४ प्रतिशत उत्तीर्ण 

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
aayurvedic_(2).jpg

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सा परिषद्ले गत शनिबार संचालन गरेको आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७४.३५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

परिषदमा चिकित्सकको रुपमा नाम दर्ताको लागि आवश्यक लाइसेन्स परीक्षामा कूल ३९ परीक्षार्थीमध्ये २९ जना मात्र उत्तीर्ण भएका छन् ।

विगतमा दुईपटक भैसकेको यो लाइसेन्स परीक्षामा गत वर्ष ५९ प्रतिशत विद्यार्थी मात्र सफल भएका थिए । 

पहिलो पटक २०७६ भदौ १४ गते सञ्चालन गरिएको लाइसेन्स परीक्षामा भने शतप्रतिशत परीक्षार्थी उत्तीर्ण थिए ।
 
यो परीक्षामा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी (बीएएमएस) का विद्यार्थीहरुले ६ महिना इन्टर्नशीप पूरा गरेपछि भाग लिन पाउँछन् ।
 
हाल नेपाल आयुर्वेद चिकित्सा परिषदमा ७५२ जना आयुर्वेद चिकित्सक दर्ता छन् ।



लोकप्रिय समाचार
नयाँ