डोटी । ग्रामिण भेकमा बसभन्दा बढी ट्रयाक्टर चल्छन् । ती ट्रयाक्टरमा सामानसँगै मानिस पनि चढ्ने गर्छन् । जसका कारण मानवीय क्षति बढी हुने गरेको छ ।
यसरी निरन्तर दुर्घटना हुन थालेपछि प्रहरीले निगरानी बढाउन थालेको छ । जतिसुकै सचेत गराउँदा पनि यात्रु बोक्न नछाडेका कारण प्रहरीले निगरानी बढाएको हो ।
डोटीको दिपायलस्थित पिपल्ला बजारमा कृषि कार्यमा प्रयोग गरिने ट्रयाक्टरमा चालकले यात्रु बोकेर ल्याएका कारण दुर्घटना हुँन सक्ने भन्दै यात्रुलाई झार्दै प्रहरी । तस्वीर – रासस