नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको बुधबार राति १० बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज १० गते भेरी अस्पताल भर्ना भएका उनमा असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनको दुबै फोक्सोमा निमोनिया भएको थियोे ।
योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।